हल्दिबारी , कात्तिक १० । नेकपा एमालेको प्रथम हल्दिबारी गाउँ अधिवेशनको पहिलो दिन सर्वसम्मत नेतृत्व चयन हुन सकेन ।
अध्यक्ष पदका लागि ४ जनाले आकांक्षा राखेपछि सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो । गाउँ कमिटी अध्यक्षका लागि त्रिलोचन सापकोटा , हरि गौतम , नारायण लुइटेल र हर्क तामाङले आकांक्षा राखेका हुन् ।त्यस्तै एक सचिव पदका लागि तीन जनाले दावी गरेका छन् । त्यस पदका लागि हरिकृष्ण अधिकारी , महेशलाल मेचे र सागर पोर्तेल दावेदार देखिएका हुन् । आज दिनभरि सर्वसम्मतको लागि प्रयास गर्ने र सर्वसम्मत नभए भोलि निर्वाचन हुने जनाइएको छ । हल्दिबारी गाउँ अधिवेशनमा २८१ जना प्रतिनिधिले भाग लिएका छन् ।