गौरीगञ्ज , कात्तिक १० । आमाबुवाको निधनपछि बिचल्लीमा परेका झापा गौरीगञ्ज गाउँपालिका १ कुञ्जीबारीका तीन टुहुरा बालबालिकालाई व्यवसायी तथा समाजसेवी श्याम प्रसाई एसपीले आर्थिक सहयोग गरेका छन् ।

ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य , मेची ट्रान्सपोर्ट एसोशिएसनका बरिष्ठ उपाध्यक्ष समेत रहेका प्रसाई तथा उनकी छोरी कृष्टीना प्रसाईले तीन बालबालिकालाई २१ हजार ९ सय ९९ रुपैंयाँ नगदसहित एक–एक जोर कपडा किनिदिएका हुन् ।
आमाबुबाको निधन भएसंगै १५ वर्षिया सरस्वती , १३ वर्षिया पुजा र ६ वर्षिय निरज राजवंशी टुहुरासँगै बेसहारा बनेको प्रतिदिन दैनिकसहित सामाजिक सञ्जालमा छोरी कृष्टीनाले थाहा पाएसंगै छोरीको चाहना बमोजिम सहयोग गरेको प्रसाईले जानकारी दिए । प्रसाई तथा उनकी छोरीले समितिकी पुजा राजवंशीलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।
केही वर्षअघि बुवाको निधन भएपछि आमा मनसरी राजवंशीले आफ्ना तीन सन्तानलाई पालनपोषण गर्दै आएकी थिइन् । उनको पनि केही महिनाअघि निधन भएको थियो । कोचिला एकता जागरण केन्द्रीय समितिले उनको उपचारको प्रबन्ध मिलाउंदै आएको थियो । समितिले १ लाख ७५ हजार रुपैयाँमा १० धुर जग्गा खरिद गरी धनीपूर्जा हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्