मोरङ , कात्तिक १० । मोरङ रतुवामाई नगरपालिका ३ छालगाछीबाट प्रहरीले ९४ तोला चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।
हिजो बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदीसहित शर्मालाई पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।