बिर्तामोड , कात्तिक १० । आज साँझ बिर्तामोडमा एउटा कारलाई ठक्कर दिएर भाग्नेक्रममा बसले ठक्कर दिँदा ७ जना घाइते भएका छन् ।

साँझ ६.३० बजे बिर्तामोड ५ कल्पतरु ट्रान्सपोर्ट छेउमा पार्किङ गरी राखेको बा १५ च ६४०३ नम्बरको कारलाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३२७१ नम्बरको बसले ठक्कर दिई पूर्वतर्फ भागेको थियो । त्यसक्रममा बिर्तामोड ६ पूर्व पश्चिम राजमार्गको बुट्टाबारीमा बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ९००२ नम्बरको मोटरसाइकललार्ई ठक्कर दिँदा मोटरसाइकल चालकलाई चोटपटक नलागेको तर मोटरसाइकलमा क्षति भएको छ । सोही बस पूर्वतर्फ भाग्नेक्रममा मेचीनगर ११ कालिझोडा जंगलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ९ प ७०९२ नम्बरको मोटरसाइकल. , मे १ ज ८७४ नम्बरको म्याजिक भेन , सोही दिशाबाट आइरहेको मे १ ज १९८१ नम्बरको बोलेरो र प्रदेश नम्बर १ –०१–००१ ख ३५३६ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । मादक पदार्थ सेवन गरी बस चालक मेचीनगर –१० ढाट बस्ने ३३ वर्षिय दिनेश कडरियाले सो बस अन्धाधुन्द चलाएका थिए । दुर्घटनामा मे १ ज ८७४ न.को म्याजिकमा सवार चालक मेचीनगर –७ बस्ने २८ वर्षिय राजु तामाङ सामान्य घाइते भएका छन् । उनको मनकामना अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अर्जुनधारा ६ बस्ने ३७ वर्षिया कल्पना अधिकारीको टाउकोमा चोट लागेर बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने अर्जुनधारा .५ बस्ने ३५ वर्षिया रुद्रमाँया धिमालको टाउकोमा चोट लागेर बिएण्डसी अस्पतालमै उपचार भइरहेको छ ।
त्यस्तै वडा नं ११ बस्ने ४५ वर्षिय देबराज राई , बिर्तामोड ५ बस्ने ४३ वर्षिया बिमला भट्टराई , मे ९ प ७०९२ न.को मोटरसाइकलमा सवार चालक ईलाम चुलाचुली १ बस्ने ३५ वर्षिय बिजय बि.क., पछाडि सवार उनकी श्रीमती २५ वर्षिया प्रमिला बि.क घाइते भई बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सबै घाईतेहरुको अबस्था मध्यम रहेको र बस चालक कडरिया प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्