झापा,कात्तिक १२ । झापाको गौरादह नगरपालिका ४ धरधरेस्थित भित्री सडक खण्डमा आज बिहान ८ बजे दुईवटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु र २ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा मे९प २७०३ नम्बरको मोटरसाईकल चालक सोही स्थानका ४० बर्षीय भानु खत्री अधिकारी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो भने मे६प ५४१६ नम्बरको मोटरसाईकल चालक गौरीगंज गाउँपालिका ५ का ३० बर्षीय अनुप राजबंशी र पछाडी सवार सोही स्थानका १६ बर्षीय ललित शर्मा घाईते भई न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरी चौकी महारानीझोडाको नियन्त्रणमा रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्