गौरीगंज १२, कार्तिक । नेकपा एमाले गौरीगञ्जको अध्यक्षमा गोविन्द कुँवर सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा रामकृष्ण पन्त, सचिव श्रवण गिरी, उपसचिवमा राजकुमार राजवंशी र कृष्ण महतो सर्वसम्मत भएका छन् । तीन दिनको छलफलले सर्वसम्मतबाट ७५ सदस्यीय गौरीगञ्ज गाउँ कमिटी गठन गरेको हो ।
कार्तिक ९ गते उद्घाटन भएको प्रथम अधिवेशनमा सर्वसम्मतमा नयाँ नेतृत्व चयनका लागि अथक प्रयास भएको थियो ।