झापा , कात्तिक १४ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा शाखाको सभापतिमा उप–प्राध्यापक धनन्जय बाँस्कोटा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिष्ठानका अध्यक्ष डा. नविन चापागाईंको अध्यक्षतामा हिजो सम्पन्न छैटौं साधारणसभाबाट उप–प्राध्यापक बाँस्कोटा सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् । प्रतिष्ठानको उपसभापतिमा गोपीकृष्ण भट्टराई,रामप्रसाद मैनाली, शान्तिराम आचार्य,मनकुमार गदाल, ममता प्रसाई,कृष्णप्रसाद घिमिरे,सचिव तोयानाथ काफ्ले, सहसचिव वेनुप्रसाद निरौला,कोषाध्यक्ष पदम कुँवर तथा सदस्यहरुमा सरस्वती भूर्तेल,जानुका बाँस्कोटा ,सकुन्तला चापागाईं ,खगेन्द्र दहाल र भवानी लुईंटेल रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका केन्दीय सदस्यहरु सुमित्रा प्रसाई, डा. रुपक खनाल र १ नम्बर प्रदेशका संयोजक कोमलप्रसाद प्रसाईंलगायतकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्