कनकाई, कात्तिक १४ । झापाको कनकाईमा विभिन्न पार्टी परित्याग गरी १ सय ८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस वडा समिति कनकाई ५ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान साथै शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा पार्टी प्रवेश गराइएको हो । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका जिल्ला सभापति उद्धव थापा , आसन्न महाधिवेशनमा जिल्ला सभापतिका उम्मेद्वार देउमान थेवे, जिल्ला सदस्य शेरवहादुर थापा, कनकाई नगर सभापति दुर्गा प्रसाईँ, महिला नेतृ कविता बस्नेत, धनमाया चिमरियालगायतले खादा ओढाएर स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति थापाले अबको कांग्रेस झापाको नेतृत्वमा नेता थेवेको विकल्प नरहेको प्रष्ट पारेका थिए । जिल्ला सभापतिका लागि थेवेको उम्मेद्वारी कांग्रेसको सहमति अनुसार नै तय भएको बताउँदै सभापति थापाले १३ औं महाधिवेशनमा भएको सहमति कार्यान्वयनका लागि सक्रिय रहन कार्यकर्ताहरुलाई अनुरोध समेत गरे ।

जिल्ला सभापतिका दावेदार थेवेले कांग्रेसमा बिनासर्त प्रवेश गर्ने नवप्रवेशी सबैलाई स्वागत गर्दै कांग्रेसमा नयाँ र पुरानो भन्ने विषयमा कुनै भेदभाव नहुने प्रष्ट पारे । विचारको राजनीति गर्दै अघि बढेको कांग्रेसले कार्यकर्ताको भावनालाई सधैं सम्मान गर्ने उनको भनाइ छ ।
कार्यक्रममा लामो समयदेखि कांग्रेसमा आवद्ध भई पार्टीलाई अभिभावकत्व प्रदान गर्दै आएका जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको कनकाई ५ का पूर्व सभापति रमेशचन्द्र दहालले जानकारी दिएका छन् । यसरी सम्मानित हुनेहरुमा यामनाथ विमली, झम्पलाल आचार्य, मेघनाथ उपाध्याय नेपाल, शंकर प्रसाईँ र डिल्लीराम सिलवाल रहेका छन् । नेपाली कांग्रेस कनकाई ५ का वडासभापति यामनाथ फुयँलको सभापतित्व रहेको कार्यक्रममा जिल्ला सदस्य गोपाल उप्रेती, शेरबहादुर थापा, पूर्व जिल्ला सदस्य खगेश्वर उप्रेती, नेपाली कांग्रेस झापा क्षेत्र नं.४ का सभापति एवम् झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, क्षेत्रीय सचिवद्वय शिव कँडेल र सूर्य गुरुङ, क्षेत्र नं.४ (ख) का सभापति भिम राजवंशी, कनकाई वडा नं.३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई नगर नेपाली कांग्रेसका निवर्तमान सभापति नेत्र चिमरिया, लिलाबहादुर कटुवाल, नेता एकराज उप्रेती, प्रकाश चुडाल, कुमारमणि पोखरेल, महिला नेतृ कविता बस्नेत, धनमाया चिमरियालगायतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेपाली कांग्रेस कनकाई ५ का उपसभापति मुक्ति अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन वडाका सहसचिव लक्ष्मी ढुङ्गानाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्