भद्रपुर, कात्तिक १४ । नेपाल भारत मैत्री संघ केन्द्रीय समितिले भद्रपुरस्थित मेची किनारमा बसोबास गर्दै आएका बाढीपीडित सुकुम्बासी बस्तीका ५६ परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।

संघले यही कात्तिकको पहिलो साता आएको अविरल वर्षाका कारण उत्पन्न बाढीले डुवानमा परी खाद्यान्न अभावमा रहेका सुकुम्बासी बस्तीका ५६ परिवारलाई खाद्यान्न प्रदान गरेको हो ।संघका झापा अध्यक्ष प्रदिपमणि रेग्मीको अध्यक्षता तथा नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष १ नम्बर प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उद्योग संघ झापाका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष शैलेन्द्रकुमार झा, केन्द्रीय महासचिव बोधकृष्ण सुवेदी, संघका उदयपुर जिल्ला अध्यक्ष करुणा झा, भद्ररपुर ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतको उपस्थितिमा डेढ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको जनाइएको छ ।