झापा , कात्तिक १५ । नेत्रहीन युवा संघ झापा शाखाले ४० जना सदस्यहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

लामो समयदेखि विशेष गरी युवाहरूको शिक्षा, स्वास्थ्य, अधिकार र रोजगारको क्षेत्रमा काम गर्दै आइरहेको संघले कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिमा दृष्टिविहीन युवाहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै ४० जना युवा सदस्यहरूलाई कात्तिक १३ गते मास्क, सेनिटाइजर, मन्जन, ब्रस, साबुन, सेनिटरी प्याड, हेन्ड वासलगायतका सामग्री वितरण गरेको हो । ‘दृष्टिविहीन व्यक्तिहरूले धेरैजसो कुराहरू छोएर नै थाहा पाउने भएको हुनाले संक्रमणको सम्भावना अत्यधिक हुन्छ। त्यसैकारण पटकपटक हात धोइरहन र सफा गरिरहन सहज होस् भनेर सेनिटाइजरलगायत हेन्ड वास दिएका हौ। त्यस्तै भिडभाडमा जाँदा प्रयोग गर्न मास्कलगायत शरीर सफा राख्नका लागि साबुन, मन्जन, ब्रस र सेनिटरी प्याड पनि दिएका छौँ’ नेत्रहीन युवा संघ झापा शाखाका अध्यक्ष चन्द्रप्रसाद भट्टराईले भने । यो समयमा अत्यन्तै उपयोगी सामग्री संस्थाले वितरण गर्दा आफूलाई अत्यन्तै खुशी लागेको सदस्य जेठा मुर्मुले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्