बिर्तामोड , कात्तिक १५ । नेकपा एमालेको बिर्तामोड नगर कमिटीको अध्यक्ष पदका लागि २ जनाबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ ।

जसरी पनि सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मंगलबार निर्वाचनको कार्यक्रम तय गरिएको निर्वाचन आयुक्त डम्बर बस्नेतले जानकारी दिए।
अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार सुभाष भट्टराई र उमानाथ ओलीबीच प्रतिस्पर्धा हुने भएको हो ।भट्टराई युवा र व्यवसायी माझ लोकप्रिय छन् भने ओली शैक्षिक, बौद्धिक ब्यक्तित्वका रुपमा परिचित छन् । अध्यक्ष पदका अन्य आकांक्षी नगेन्द्र संग्रौला र कृष्ण मिश्रले सहमतिका लागि उम्मेद्वारी फिर्ता लिएका छन् । त्यस्तै उपाध्यक्षमा पुष्पा दाहाल र उर्मिला खरेल बिमली रहेका छन् भने यस्तै सचिवमा किशोरकुमार पौडेल , शंकर ढुंगेल, शेखर कँडेल, राजु सिलवालले उम्मेद्वारी कायम राखेका छन् । रमेश खरेलले भने फिर्ता लिएका छन् ।उपसचिवका लागि केशब भण्डारी ,पारस संग्रौला ,डिल्लीराम सुब्बा ,मदन बुढाथोकी ,प्रदीप खरेल , प्रकाश लिङ्देन ,कान्तिबहादुर कार्की, तारा प्रसाद चापागाईं प्रतिस्पर्धामा रहेका छन् भने तिलक गजमेर,ओसिन तामाङ ,अजय प्रकाश लिङ्देन ,टहलदास ओलीले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन समिति सदस्य उमानाथ प्याकुरेलले जानकारी दिए । वडा अधिवेशनबाट छानिएका ४६१ जना प्रतिनिधिले नगर अधिवेशनमा भाग लिनेछन् । मंगलबार बिहान ११ बजेबाट हुने निर्वाचनबाट एक अध्यक्ष , एक उपाध्यक्ष , एक सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय नगर समिति चयन हुनेछ । त्यसअघि बिहान ८ बजेसम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्