गौरादह , कात्तिक १५ । नेकपा एमाले गौरादहको नयाँ नेतृत्वका लागि सहमति भएको छ ।

उपसचिव बाहेकका पदमा सर्वसम्मत भएको छ । नेताहरुका अनुसार अध्यक्षमा मित्रदेव काफ्ले, उपाध्यक्षमा गजेन्द्र घिमिरे, सचिवमा जीवन कार्की सर्वसम्मत भएका छन् । तर यसको आधिकारिक घोषणा भइसकेको छैन । २ उपसचिवमा सर्वसम्मत गराउने प्रयास भइरहेको नेताहरुले बताएका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि पूर्व सांसद दिपक कार्कीको संयोजकत्वमा अध्यक्ष मण्डल बनाइएको छ । नेताहरुले सहमतिलाई मंगलबार अन्तिम टुगो दिने बताएका छन् । झापा ५ का सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । कमल, दमक, गौरीगञ्जमा यसअघि सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्