झापा,कात्तिक १६ । वीरता जेसीसद्धारा आयोजित दोस्रो संस्करणको मिस झापाको उपाधी बिर्तामोडकी सेबिका श्रेष्ठले जितेकी छन् ।

१३ जना प्रतिस्परधीलाई उछिन्दै मिस झापाको उपाधि जित्ने सेबिकाले स्कुटर पाएकी छिन् । त्यस्तै फ्स्ट रनरअपमा बुद्धशान्तीकी सबिना बस्नेत र सेकेन्ड रनरअपमा मेचिनगरकी रुक्सुम खत्री भएकी छन् । त्यस्तै अन्य उपाधी तर्फ ः मिस एक्टिभमा अर्चना गिरी , मिस बेस्ट फिगरमा निशा राई , द मिस बेस्ट पफमरमा रुक्सुम खत्री , द मिस बिउटीफूल हेयरमा सपना विश्वकर्मा , मिस डिसिप्लिनमा पूर्णिमा लिङदेन लिम्बू , मिस फोटोजेनिकमा सबिना बस्नेत , मिस रेम्पवकमा सबिना श्रेष्ठ , मिस बिउटीफूल स्माईलमा मुम्ताज शेख , मिस भाइवेसियममा प्रिया नेउपाने , मिस गल्यामोरस लुक्समा समारीका घिमीरे , मिस ट्यालेन्टमा रुकसुम खत्री , मिस पंचुयलमा पुजा ढुंगाना , मिस स्पेक्टीकुलर आइजमा प्रज्ञा आचार्य , मिस ग्लोइङ्ग स्कीनमा सेबिका श्रेष्ठ र मिस फ्रेन्डलीमा कुमकुम चौधरी रहेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्