मेचीनगर , कात्तिक १६ । नेपाल विद्यार्थी संघ काँकरभिट्टा बहुमुखी क्याम्पस एकाइ समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

काँकरभिट्टा क्याम्पसको परिसरमा आयोजना गरिएको कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको थियो । कात्तिक १५ गते आयोजित रक्तदान कार्यक्रममा नेपाली काँग्रेस र नेविसंघका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रमअघिको औपचारिक कार्यक्रम नेपाली विद्यार्थी संघ मेचीनगर सचिव रुपक पराजुलीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य नेविसंघ काँकरभिट्टा क्याम्पसका सदस्य योगेन्द्र खड्काले राखेका थिए ।
नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व नेविसंघ काँकरभिट्टा क्याम्पस सभापति भरत चम्लागाईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्