झापा, कात्तिक १७ । बिर्तामोड नगरपालिकाले राति ८ बजेपछि देउसीभैलो नखेल्न नगरवासीलाई आग्रह गरेको छ ।
नगरपालिकाले बुधबार सूचना जारी गर्दै रातिको समयमा देउसीभैलो,सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरेको हो । नगरपालिकाले सूचना जारी गरी कोरोना महामारीको प्रकोप अझै बाँकी रहेका कारण पनि भीडभाड हुने खालका कार्यक्रमहरु गर्नु उचित नरहेको जनाएको हो । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिहान दिउँसोको समयमा कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न आग्रह गरेका छन् ।