बिर्तामोड , कात्तिक २० । कोरोना संक्रमणका कारण मृत्यु हुने क्रम रोकिएको छैन ।
पछिल्लो पटक बिर्तामोड ४ का प्रसाई थरका एक बृद्धको कोरोनाबाट मृत्यु भएको हो । ८८ वर्षिय बृद्धको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेका सँख्या ५१४ पुगेको छ । हिजो जिल्लाका ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।




