एजेन्सी । इराकका प्रधानमन्त्री मुस्तफा अल–कदीमीको सरकारी निवासमा आज बिहान विस्फोटकले भरिएको ड्रोनले हमला भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आज बिहान गरिएको सो हमलामा प्रधानमन्त्री निवासलाई लक्षित गरिएको थियो ।
इराकी सेनाले सो हमला प्रधानमन्त्रीलाई हत्या गर्ने प्रयासले गरिएको बताएको छ । यद्यपि प्रधानमन्त्री पूर्णरुपमा सुरक्षित छन् ।
इराकी सेनाद्वारा जारी विज्ञप्तिमा सो हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको बताएको छ । प्रधानमन्त्री निवासमा कम्तीमा एक विष्फोट भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्