झापा, कात्तिक २२ । सल्यानको कपुरकोट गाउँपालिका–५, खारखोलामा आइतबार भएको बस दुर्घटनापछि फरार चालक सम्पर्कमा आएका छन् ।

चालक सल्यानको शारदा नगरपालिका वडा नं. ३ महिसेपानीका ३० वर्षीय सुदीप खान दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरको सम्पर्कमा आएका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अहिले चालक सल्यान आउँदैछन् । आइतबार बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो । १८ जना घाइते भएका थिए । सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले चालकले तिब्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको दाबी गरेका छन् । ‘‘चालकको गम्भिर लापरबाहीका कारण दुर्घटना भएको हो । अन्य विकल्प छैन । चालकलाई जिल्ला प्रहरी कार्यालय सल्यान बोलाइएको छ । थप अनुसन्धान चालक आएपछि हुन्छ,” थापाले भने । आइतबार बिहान करिब ११ बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस दुर्घटना भएको थियो । बस सडकबाट करिब दुईसय मिटर तल खसेको थियो । मृत्यु भएका १२ जनाकै सनाखत भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्