बिर्तामोड , कात्तिक २६ । वीरता जेसीजको बार्षिक कार्यक्रम जेसीज सप्ताह शुक्रवारबाट सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको प्रमुख आतिथ्यतामा बिर्तामोडस्थित अतिथि सदनमा सप्ताहको उद्घाटन गरिएको हो ।
प्रबिण खड्काको स्वागतमा जेसी राजिव धिमालको अध्यक्षतामा भएको कार्यक्रममा लागूऔषध तथा दुव्र्यसनसम्बन्धी सचेतना कार्यक्रममा बिर्तामोडको चिल्ड्रेन इन्भाइरोमेन्ट, टावर टेम्पल स्कुल र अबाकस इङलिस बोर्डिङ स्कुलका ९ र १० मा अध्ययनरत सयबढी विद्यार्थीलाई प्रहरी निरीक्षक बिजय कार्कीले प्रशिक्षण दिएका थिए ।
सप्ताहअन्तर्गत शनिवार २७ गते बिहान ७ः३० बजे रन चारआलीबाट बिर्तामोड, रक्तदान कार्यक्रम ९.३० बजे सिटी सेन्टर र बेलुका ६ बजे जेब्राक्रस पेन्टिङ कार्यक्रम रहेको संयोजक खड्काले जानकारी दिएका छन् ।
कार्यक्रममा पूर्व अध्यक्षहरु बिनोद बस्नेत, राजेन्द्र चौलागाईं, निवर्तमान अध्यक्ष मिजास पोखरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आस्था वाचन अनन्तलाल महतोको रहेको थियो भने संचालन महासचिव एलसी श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्