बिर्तामोड , कात्तिक २७ । नेकपा एमालेको दशौं महाधिवेशनका लागि झापा क्षेत्र नं. २ बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएको छ ।

निर्वाचन परिचालन तथा सहजीकरण समितिका अनुसार खुलातर्फ ८ जना र महिलातर्फ ३ जना सर्वसम्मत भएका हुन् ।
महाधिवेशन प्रतिनिधिका लागि झापा–२ बाट खुलातर्फ चिन्तन पाठक, प्रेम गिरी, बद्री भट्टराई, रोमणी भट्टराई, उमानाथ ओली, एकराज कार्की, सन्तकुमार राई र वृहस्पति उप्रेती रहेका छन् । यस्तै, महिलाबाट पवित्रा देवी महतरा, विष्णुमाया भट्टराई र अनिता कन्दङ्वा रहेका छन् । यसअघि झापा क्षेत्र नं. ५ बाट १० जना र जिल्लाबाट ३ जना दलित प्रतिनिधि सर्वसम्मत भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्