गौरीगञ्ज, कात्तिक २७ । गायन कलातर्फ पहिलो कोच स्टारको उपाधि झापा बाह्रदशी गाउँपालिकाकी रिता राजवंशीले जितेकी छन् ।

उपाधिसँगै उनले उत्तम चियाका तर्फबाट नगद २० हजारसहित एउटा गीत रेकर्ड र म्युजिक भिडियो बनाउने अवसर पाएकी छन् ।
यसैगरी मोरङ रतुवामाईका योगेन ताजपुरियाले फस्र्ट रनरअपको उपाधि जितेका छन् । उपाधिसँगै उनले पाथीभरा गृल उद्योगका तर्फबाट नगद १० हजार, एउटा गीत रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउने अवसर पाएका छन् भने रेशमीका राजवंशीेले सेकेन्ड रनरअपको उपाधि जितेकी छन् । उनले उपाधिसँगै अमन्तिका फोटो स्टुडियोको तर्फबाट नगद ५ हजारसहित एउटा गीत गाउने र म्युजिक भिडियो बनाउने अवसर पाएकी छन् । त्यस्तै बिन्दास राजवंशीले कोच स्टारको थर्ड रनरअपको उपाधि जितेका छन् । उपाधिसँगै उनले गौरीया प्राविका तर्फबाट नगद २ हजार ५ सय, शक्ति ईन्टरलकका तर्फबाट रु ५ हजार र गीतकार गोपाल राजवंशीका तर्फबाट एउटा गीत रेकर्ड गर्ने अवसर पाएका छन् ।

गत वर्षदेखि अनलाइनमार्फत शुरु भएको कोच भाषी समुदायको सबैभन्दा ठूलो गायन प्रतियोगिता कोच स्टार सिङ्गिङ कम्पिटिसनको ग्रान्ड फिनालेमा धेरै दर्शकको उपस्थिति रहेको थियो । प्रतियोगितामा छनोटमा परेका अन्तिम टप फाइभ प्रतिस्पर्धीबीच गौरीगञ्जको खुलामञ्चमा अन्तिम प्रतिष्पर्धा गराइएको हो ।
कार्यक्रममा ५ प्रतिष्पर्धीसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको आकर्षणका रुपमा राष्ट्रिय कलाकार श्रीकृष्ण लुईटेल (बोके दाह्री) ,भाइरल डान्सर ओजस्वी सेडाई, कोच भाषी कलाकारहरु बलराम राजवंशी, बलबहादुर राजवंशी, राम राजवँशी, भविन ताजपुरिया, बन्दना राजवंशी, बिनिता ताजपुरिया, प्रमोद राजवंशीलगायतको प्रस्तुति रहेको थियो ।

आयोजक समितिका अध्यक्ष प्रमोद राजवंशीको अध्यक्षता तथा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका नगर प्रमुख रोहित साह, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सचिव कमल राजवंशी, ताजपुरिया समाज कल्याण परिषदका अध्यक्ष गंगाराम ताजपुरियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्