दमक, कात्तिक २९ । जन्मदिनमा मनाउने फजुल खर्च कटाएर सुरुङ्गाका समीर कडरियाले सोमबार दमकका एक जना मिर्गौलापीडित विरामीलाई सहयोग गरेका छन् ।

दमक ६ बेलडाँगी रोडमा रहेको काजी होटलका सञ्चालक समेत रहेका सामाजिक अभियन्ता काजी राउतको समन्वयमा कडरियाले मिर्गौलापीडित आशिष खनालका पिता धर्मानन्द खनाललाई नगद ५ हजार सहयोग उपलव्ध गराएका हुन् । उनले होटलमा पुगेर उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरे ।
मनकारी युवा कडरियाले जन्मदिनमा गरिदै आएको फजुल खर्चलाई सामाजिक कार्यमा सघाउ पुर्याउन आफूले विगत केही बर्षदेखि यसरी नै सेवा पुरयाउँदै आएको बताए ।
दमक ९ निवासी २६ बर्षीय आशिष खनालले मिर्गौला प्रत्यारोपण गर्न खर्च अभावका कारण विगत दुई बर्षदेखि काठमाडांैमा नियमित डायलोसिस गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका खनालको उपचारमा सघाउन दमकमा सामाजिक व्यक्तित्व प्रकाश अधिकारीको संयोजकत्वमा एक अभियान नै गठन गरिएको छ । तर त्यस अभियानको कार्य कोभिड १९ का कारण प्रभावकारी बन्न सकेको छैन ।
यसैबीच ,पीडित परिवारले मिर्गौला रोगी आशिषको जीवन बचाईदिन गुहार गर्दै आएका छन् । एक श्रीमती,७ बर्षिय छोरा भएका आशिषको मिर्गाैला प्रत्यारोपण गर्न लाग्ने खर्चमा सहयोग पुर्याई दिन विरामीका बृद्ध पिता धर्मानन्दले याचना गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्