भद्रपुर, कात्तिक ३० । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको सम्पन्न निर्वाचनमा एक हजार ९ सय १८ मत खसेको छ ।

चारवर्षे कार्यकालका लागि दुई हजार दुई सय ९० मतदाता रहेको उपभोक्ता समूहमा एक हजार ९ सय १८ मत खसेको हो ।
६ वटा क्षेत्रमा विभाजित समूहको क्षेत्र नम्वर २ मा ३३५ मत, क्षेत्र नम्वर ३ मा ३९० मत, क्षेत्र नम्वर ४ मा २१७ मत, क्षेत्र नम्वर ५ मा २०६, क्षेत्र नम्वर ६ मा ३५० मत र क्षेत्र नम्वर ९ मा ४२० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनका लागि दुईवटा समूहले उम्मेदवारी दर्ता गराएर प्रतिष्पर्धामा गरेका थिए् ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संघीय समाजवादीको संयुक्त गठबन्धनको नेतृत्व गर्दै पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराई र नेकपा एमाले र राप्रपाको गठबन्धनमा पूर्व उपाध्यक्ष चुडामणि मैनालीको नेतृत्वमा प्यानल नै खडा गरेर प्रतिष्पर्धा गरेका छन् ।