झापा , मंसीर २ । सुनसरीको देवानगंज गाउँपालिका–४ बाट ठुलो परिणामको गाजा सहित १ जना पक्राउ परेका छन् ।


बुधवार दिउँसो देवानगंज स्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश–१–०४–००१ त ०६६६ नंम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी लागुऔषध गाँजा फेला परेको थियो । चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाईकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका–५ का २५ बर्षीय सन्तोष कुमार मेहेता पक्राउ हुन् । फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्