बिर्तामोड,मंसीर २ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं.–२ (क) को नेतृत्वका लागि लक्ष्मीप्रसाद आचार्य र रविन्द्र भट्टराईबीच प्रतिष्पर्धा हुने भएको छ ।

क्षेत्र नं.–२ प्रदेशसभा ‘क’ को सभापतिका लागि आचार्य र भट्टराईले उम्मेद्वारी दर्ता गरेसंगै उनीहरुको प्रतिष्पर्धा हुने सुनिश्चित भएको हो ।
त्यसैगरी प्रदेश क्षेत्रीय उपसभापतिको दुई पदका लागि जयराज ढकाल, ताराप्रसाद प्रसाई, मञ्जु ओली र हेम खड्काले उम्मेद्वारी दर्ता गराएका छन् ।
दुई सचिव पदका लागि कुमारप्रसाद सिटौला, गंगाप्रसाद चुडाल, प्रमोदकुमार चौधरी र राजेन्द्र आङबुहाङबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ भने २ सहसचिवका लागि केशवकुमार श्रेष्ठ, जितेन्द्र कार्की र सुबोध ढकालले उम्मेद्वारी दर्ता गराएका छन् ।
मंसीर ३ गते हुने प्रदेश क्षेत्रीय पदाधिकारी तथा प्रदेश क्षेत्रीय अधिवेशन प्रतिनिधिका लागि क्षेत्र नं. २ (क) बाट सात जना पदाधिकारी र १८ जना प्रतिनिधि छनौट हुनेछन् । यी १८ जना प्रदेश क्षेत्रीय प्रतिनिधि र सात पदाधिकारीसहित २५ जना निर्वाचित हुनेमा ४४ जनाले मनोनयन दर्ता गरेको मतदान अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए ।
तीमध्ये आदिवासी जनजाति, महिला र अल्पसंख्यकतर्फ १–१ गरी २ जना निर्विरोध निर्वाचित भएका छन् भने मंसीर ३ गते हुने निर्वाचनमा सात पदाधिकारीका लागि १३ जना र १८ प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि २८ जनाबीच प्रतिष्पर्धा हुने भएको बताइएको छ । झापाका १० वटै प्रदेश क्षेत्रमा नयाँ नेतृत्वका लागि मंसीर २ गते उम्मेद्वारी दर्ता भएको जिल्ला निर्वाचन स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्