बिर्तामोड, मंसीर ३ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत झापा क्षेत्र नं.–२ (ख) को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् ।

क्षेत्रीय सभापतिका प्रत्यासी उम्मेद्वार विशाल थापालाई ५६ मतले पराजित गरी श्रेष्ठ निर्वाचित भएका हुन् । विजयी उम्मेद्वार श्रेष्ठले १८१ मत ल्याउँदा थापाले १२५ मत पाएका छन् । त्यस्तै उपसभापतिमा गंगाप्रसाद मैनाली २१३ र पहलमान राय १८२ मतसहित निर्वाचित भएका छन् ।सोही पदका प्रत्यासी अप्सरा कार्कीले १३८ मत ल्याएकी छन् ।
दुई सचिव पदमा कृष्ण थापा २०९ र डिल्ली सापकोटा १९४ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै दुई सहसचिव पदमा गोपाल चौधरी १९७ र रामचन्द्र खतिवडा १६३ मत ल्याएर निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्