दमक, मंसीर ४ । कांग्रेस नेतृ तथा सहकारी अभियन्ता चन्द्रा खड्का भट्टराई सम्मानित भएकी छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले उनलाई सम्मान गरेको हो । संघको ३० औं बार्षिक साधारणसभाको अवसर पारेर खड्कालाई सम्मान गरिएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी पूर्व सञ्चालकसमेत रहेकी खड्कालाई काठमाण्डौमा आयोजित संघको साधारणसभामा सम्मान गरिएको हो । दमकमा केन्द्रीय कार्यालय रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष खड्काले सहकारीको क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको संघका अध्यक्ष परितोष पौडेलले जानकारी दिए ।
२०५६ सालदेखि सहकारीको क्षेत्रमा लागेकी खड्का बचत तथा ऋण सहकारी संघको जिल्ला उपाध्यक्ष र हाल नेपाली कांग्रेसको सहकारी विभागकी केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ की संयोजक रहेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्