बुधबारे,मंसीर ५ । बुधबारे जेसीज २०२१ को अन्तिम बोर्ड बैठक आइतबार आफ्नै निर्माणाधिन सचिवालय भवनमा सम्पन्न भएको छ ।

अनिल वाग्लेको अध्यक्षतामा सम्पन्न बैठकले साधारणसभाको मिति तय गरेको छ । साधारणसभा डिसेम्बर १ अर्थात् मंसिर १५ देखि १७ गतेसम्म हुनेछ । इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा शुरूहुने साधारणसभा १७ गते झापाको बुधबारेमा सम्पन्न हुनेछ । मंसिर १५ गते दिउँसो ३ः४५ देखि ४ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको छ । सोही दिन साधारणसभा उद्घाटन र क्यान्डिडेट तालिम हुनेछ । १७ गते ४ः०० बजेदेखि झापाको बुधबारेमा साधारणसभाको बाँकी काम सुरू हुनेछ । क्यान्डिडेट तालिम कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल र १७ गतेको साधारणसभा कार्यकारिणी उपाध्यक्ष कृष्ण ढकालको सम्योजकत्वमा हुनेछ । २०२१ को अन्तिम बोर्ड बैठकमा हालसम्म बुधबारे जेसीजको गतिविधिमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद प्रस्ताव पास गरिएको छ भने भवन निर्माणका सहयोग गर्नु हुनेलाई पनि धन्यवाद व्यक्त गरिएको छ ।

वर्ष सन् २०२१ मा अनिल वाग्लेको अध्यक्षतामा बनेको टिमले हालसम्म ८० वटा कार्यक्रम सम्पन्न गरेको छ भने ती कार्यक्रम सप्पन्न हुन १० लाख रुपैयाँभन्दा बढी खर्च भएको जानकारी गराइएको छ । यसैवर्ष भवन निर्माण शुरू भएको छ । भवन निर्माणका लागि २० लाख रुपैयाँ बढीको रकम प्रतिबद्धता आएको छ । २४ वटा संस्थासँग वर्ष २०२१ मा सहकार्य गरिएको छ । बुधबारे जेसीज यो वर्ष ४ विधामा नेपाल जेसीजबाट पुरस्कृत भएको अध्यक्ष वाग्लेले जनाएका छन् । आज सम्पन्न अन्तिम बोर्ड बैठकमा पूर्वअध्यक्ष सेमन्त पोख्रेल, हेमन्त बरालसहित बोर्ड पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्