बिर्तामोड , मंसीर ५ । अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा लागूऔषधको कारोवार गरिरहेको अबस्थामा दुई युवायुवती पक्राउ परेका छन् ।

शनिवार साँझ बसपार्कस्थित ताप्लेजुङ होटलमा लागूऔषध ब्राउनसुगरको अवैध कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले होटल संचालिका ताप्लेजुङ श्रृजंगा ३ बस्ने २० वर्षिया अनिसा भट्टराई र ईलाम नगरपालिका. ६ बस्ने २८ वर्षिय मनिस राईलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा १ ग्राम ब्राउनसुगर फेला पारी ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्