झापा , मंसीर ५ । अमेरीकी मुद्रा डलरसँग मिल्ने शंकास्पद मुद्रासहित एक भारतीय नागरिक भद्रपुर विमानस्थलबाट पक्राउ परेका छन् ।

मंसीर २ गते साँझ ५.२० बजे भद्रपुर बिमानस्थलबाट काठमाण्डौ जान लागेको अवस्थामा बिमानस्थलमा रहेको यात्रुहरुको शरीर चेकजाँच गर्ने क्रममा भारत पश्चिम बंगालका दुर्लव रोय चौधरीले बोकेको हाते झोलाभित्र अमेरीकी मुद्रा (डलर) सँग मिल्ने शंकास्पद मुद्रा फेला परेको हो । उनको साथबाट १०० रुपैयाँ डलरको अमेरिकी मुद्राजस्तो देखिने २२६ थान बरामद भएको छ । चौधरीलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि बरामद दशीहरुसहित मुद्रासम्बन्धी कसुर अपराधमा ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्