झापा , मंसीर ५ । बन पैदावर ओसारपसार मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा १ बस्ने ३६ वर्षिय रेशबहादुर एक्तेन रहेका छन् ।
झापा जिल्ला अदालतको २०७१ चैत २९ गतेको फैसला बमोजिम बन पैदावर ओसारपसार मुद्धामा उनलाई एक महिना कैद र १ लाख २६ हजार ४०३ रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका एक्तेनलाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्