दमक, मंसीर ७ । नेपाली कांग्रेस झापाको ५ नं क्षेत्रीय सभापतिमा ढुण्डीराज भण्डारी पुनः निर्वाचित भएका छन् ।

झापाको गौरादहस्थित अतिथि सदनमा सम्पन्न निर्वाचनमा क्षेत्रीय सभापतिमा भण्डारी फराकिलो मतान्तरले विजयी भएका हुन् । भण्डारीेले ४४७ मत ल्याउँदा उनका प्रतिष्पर्धी रोशनकुमार गौतमले २६३ मत पाएका छन् ।
उनी दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । भण्डारीलाई विश्वप्रकाश शर्मा समूह र गौतमलाई कृष्ण सिटौला समूहको समर्थन रहेको थियो । क्षेत्रीय सचिवमा भण्डारी प्यानलका धर्मानन्द भट्टराई र गौतम प्यानलका मुकुन्द उप्रेती निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा गोपालराज दाहाल र डिल्ली चापागाइँ निर्वाचित भएका छन । त्यसैगरी खुल्लातर्फ १० जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हुकुमसिंह राई, डा. खगेन्द्र पाण्डव अधिकारी, रोहितकुमार साह, हेमन्त कार्की, सुरेश सुब्बा, राजनबहादुर ढुंगाना, मेदनीप्रसाद सिटौला, अनिलकृष्ण प्रसाईँ, भुपालराज कटुवाल र टिकाराज सापकोटा निर्वाचित भएका छन् । खुल्ला महिलातर्फ महेन्द्रकुमारी लिम्बु, रेगिना भट्टराई प्रसाईँ, लक्ष्मी बाराकोटी र तुलसा पन्त विजयी भएका छन् भने आदिवासी जनजाति समूह (पुरुषतर्फ) अइन्द्र विक्रम केरुङ र भूमिराज राई विजयी भएका छन् । आदिवासी महिलामा रमा लिम्बु र फुलवती राजवंशी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
त्यसैगरी खस आर्य पुरुषतर्फ विक्रम अधिकारी र डा. नेत्र बुढाथोकी विजयी भएका छन् । खस आर्य महिलातर्फ मन्दरा चिमरिया पौडेल र चन्द्राकुमारी खडका निर्वाचित भए । मधेसी कोटामा सत्यनारायण चौधरी र अल्पसंख्यकको कोटामा निरज अग्रवाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्