बिर्तामोड , मंसीर १० । नेपाली काँग्रेस झापाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसमा विहान ८ बजेदेखि निर्वाचन हुने भएको निर्वाचन आयोगका प्रमुख सुबोधबाबु चिलवालले बताए । निर्वाचनमा ३ हजार ३ सया ३५ जनाले भाग लिदैछन् ।निर्वाचनमा दुईवटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबे र रामबहादुर कट्टेलले आ–आफ्नो प्यानलको उम्मेद्वारी दर्ता गराएका हुन् । थेबेको टीममा उपसभापतिमा शेरबहादुर भट्टराई , केशवराज पाण्डे , सचिव कृष्णप्रसाद हुमागाँई, नविन बिमली , सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशी र कमलप्रसाद भण्डारी उम्मेद्वार रहेका छन् । त्यस्तै कट्टेलको टीमको उपसभापतिमा प्रेम सम्बाहाम्फे (लिम्बु ), समशेर गिरी (केदार) , सचिवमा विश्वदीप लिम्बु (लिङ्देन) , टुमलाल राजवंशी , सहसचिव पदम लिम्बु ( निङलेखु) , उमाराम प्रसाई (रमेश)उम्मेद्वार रहेका छन् । यसैबीच जिल्ला सदस्यमा २० जना सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्