झापा , मंसीर १२ । कांग्रेस झापाको सभापतिका प्रत्यासी देउमान थेवेको प्यानलका सबै पदाधिकारीहरुले मत गणनामा अग्रता लिएका छन् ।


झापा क्षेत्र नं ३ को गणना शुरु हुनु अघि सम्म राम कट्टेलले लिदैं आएको अग्रतालाई मेटदै शुरुको १०० मत गणनापछि थेवेले सभापतिमा अग्रता लिएका हुन । कूल ३३११ मध्ये करिब ४७० मत गणना गर्न बाँकी हुँदा थेवेले कट्टेललाई २९ मतले पछाडी पारेका हुन । थेवेले १४३० र कट्टेलले १४११ मत पाएका पाएका छन । त्यसैगरी उपसभापति र सचिव पदमा पनि थेवे प्यानलका सबै उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नं १ र ५ को गणना हुँदा थेवे प्यानलका सबै उम्मेदवार धेरै मतान्तरले पछि थिए । २ र ४ को गणनामा समेत थेवे प्यानल कमजोर थियो । क्षेत्र नं ३ अर्थात कृष्ण प्रसाद सिटौलाको निर्वाचन क्षेत्रको गणना शुरु भएसंगै उनले समर्थन गरेको थेवे समुह को जित निश्चित बन्दै गएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्