बिर्तामोड, मंसीर १३ । झापाको बिर्तामोड–१० सैनिकबजारस्थित सैनिक सेवा समाजको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मनु मुखियाको अध्यक्षता तथा बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उपाध्यक्ष देवीप्रसाद दंगालले स्वागत गरेका थिए।
कार्यक्रममा संस्थाकी अध्यक्ष मुखियाले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी देवान राईले वार्षिक आयव्ययसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष मुखियाले संस्थाले स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै सदस्यको सुखदुःखमा साथ दिंदै आएको बताइन्। उनले आजभन्दा २७ वर्ष पहिले २०४९ सालमा स्थापना भएको भए पनि २०७२ सालदेखि मात्र संस्थाले वैधानिकता प्राप्त गरेको बताइन्। ३४ जनाबाट शुरु गरिएको समाजमा हाल १२० घरपरिवार सदस्य रहेको बताइएको छ ।
कार्यक्रममा समाजमा आबद्ध ८० वर्ष माथिका जेष्ठ नागरिक तथा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा जेष्ठ सदस्य प्रेमप्रसाद तिवारी,रामबहादुर राई,बिर्खबहादुर राई,महेश्वर पौडेल, विष्णुबहादुर राई रहेका छन्। त्यसैगरी समाजद्वारा स्थापित आकस्मिक कोषका लागि १०–१० हजार सहयोग गर्ने कमला गौतम र महेन्द्रकुमारी पराजुली र १० नम्बर वडा कार्यालयलाई कदरपत्रले सम्मान गरिएको थियो। सोही अवसरमा विपन्न तथा असहाय जेष्ठ दम्पति रामबहादुर– सुधा तामाङलाई खाद्यान्न सामग्री प्रदान गरिएको छ । उनीहरुलाई संस्थाले विगतदेखि निरन्तर सहयोग गर्दै आएको छ।
कार्यपालिका सदस्य गीता पोखरेल,सम्मानित महेन्द्रकुमारी पराजुली, चामबहादुर सुब्बालगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सचिव रुनारायण मुखियाले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्