झापा , मंसीर १५ । मोरङको विराटनगर महानगरपालिका १५ स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।


पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १५ का २१ बर्षीय बिशाल खड्का रहेका छन् । आज बिहान साढे ७ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल , डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्