झापा, मंसीर १५ । झापा मेचीनगर नगरपालिका ६ मेची पुल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित महिलालाई पक्राउ गरिएको छ ।


पक्राउ पर्नेमा झापा कन्काई ३ की २४ बर्षीय सरिता वि.क. रहेकी छिन् । हिजो दिँउसो साढे ३ बजे लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा वि.क.ले आफ्नी ८ बर्षीया छोरीको साथमा लुकाईछिपाई ल्याएको ब्राउनसुगर २ ग्राम फेला पारे पश्चात उनलाई पक्राउ गरिएको छ । पक्राउ परेकी वि.क.को ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्