बिर्तामोड , मंसीर १६ । बिर्तामोड –भद्रपुर सडकअन्तर्गत धौला पुलनजिक पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का सख्त घाइते भएका छन् ।

आज दिउँसो ३ बजे गरामनीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नं को ट्रकले विपरित दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नं को मोटसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड ९ बस्ने ४३ वर्षिय सम्पत राजवंशीको मृत्यु भएको हो । उनलाई उपचारका लागि लादै गर्दा बाटैमा मृत्यु भएको हो । सोही मोटरसाइकलको पछाडि सवार बिर्तामोड ९ बस्ने ३१ वर्षिया शान्ता कार्की सख्त घाइते भएकी छन् । उनको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक र ट्रक चालक भद्रपुर १० बस्ने ३६ वर्षिय गंगा तामाङलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्