बिर्तामोड, मंसीर १७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोडको दोस्रो नगर अधिवेशनमा अध्यक्ष पदका लागि एकभन्दा धेरै आकांक्षी देखिएका छन् ।

जसका कारण हिजो नयाँ नेतृत्व चयन हुन सकेन । नगर अध्यक्षका लागि युवराज दाहाल , ठगबहादुर खड्का र मोहन सुब्बाले दावी गरिरहेका छन् । तीन जनामध्ये कसैले पनि अध्यक्ष पद नछोडेपछि सर्वसम्मत हुन नसकेको हो । सर्वसम्मतको प्रयासका लागि ४८ घण्टाको म्याद तोकिएको अध्यक्षका दावेदार सुब्बाले बताए । नगर कमिटी ६५ जनाको हुनेछ । त्यसमध्ये ७ जना पदाधिकारी छानिनेछन् । पार्टीका बिर्तामोड नगर इन्चार्ज युवराज दाहालको अध्यक्षतामा भएको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधिसभा सदस्य, पार्टी प्रदेश नं. १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमको विशेष अतिथि प्रदेशसभा सदस्य तथा पार्टी झापा सह–इन्चार्ज झलकसिंह दर्लामी (सन्देश), झापा संयोजक मणिकुमार साम्पाङ (विजयं) लगायत रहेका थिए । त्यस्तै कार्यक्रममा पार्टीका प्रदेश सदस्य सीपी कडरिया, ज्योतिसिंह दर्लामी, लक्ष्मी न्यौपाने (सरु), भूपाल सापकोटा, राजु आचार्य (अग्नि), बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, नेपाली कांग्रेस नगर अध्यक्ष भोजराज सिटौला, पार्टी झापा कार्यालय सदस्य कुवेर श्रेष्ठ(अरुण), झापा सचिवालय सदस्य बासु दुलाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शहीद परिवारहरुलाई सम्मान गरिएको थियो ।
स्वागत बिर्तामोड नगर कार्यालय सदस्य जेवी जवेगुले गरेको कार्यक्रमको सञ्चालन नगर संयोजक मोहन सुब्बाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्