बिर्तामोड , मंसीर १८ । रोट्रयाक्ट क्लब अफ बिर्तामोडले नयाँ आगन्तुक सदस्यहरुसंग परिचयात्मक कार्यक्रम गरेको छ ।

शनिवार रोट्रयाक्ट क्लब अफ बिर्तामोडले एक कार्यक्रमको आयोजना गरी नयाँ आगन्तुक सदस्यसंग परिचय गर्नुका साथै रोटा बर्ष २०२२–२३ का लागि अध्यक्षमा बसन्त ढकाललाई चयन गरेको छ । कार्यक्रमको अध्यक्ष संस्थाका वर्ष २०२१–२२ का अध्यक्ष प्रभात मास्के रहेका थिए भने अतिथिहरूमा पूर्व अध्यक्ष बसन्त बुढाथोकी,राज मुखिया रहेका थिए । स्वागत संस्थाका उपाध्यक्ष प्रज्वल बिमलीले गरेको कार्यक्रमको संचालन बाप्पा शाहले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्