झापा , मंसीर २० । झापामा माछा मार्ने क्रममा खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ वर्षिय भिम सोरेन रहेको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ । कार्यालयका अनुसार शनिबार बेलुका गौरीगंज गाउँपालिका–२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका सोरेन बिहानसम्मपनि नफर्किएपछि खोजतलास गर्ने क्रममा आइतबार साढे २ बजे खोलामा डुबेको अवस्थामा मृत फेला परेका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।