झापा , मंसीर २० । ३३ किलो सुन प्रकरणमा मुछिएका कृष्णगोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
झापा साविक शिवगंज गाबिस–१ का ५० वर्षीय अग्रवाललाई हिजो प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीमाथि आपराधिक समूह स्थापना गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दा लगायतका आरोप रहेकोे प्रहरीले जनाएको छ । जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।