बिर्तामोड , मंसीर २१ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल झापा शाखाको आयोजनामा सामाजिक संजालमा हुने हिंसा र यसको प्रभाव विषयक एकदिने कार्यशाला गोष्ठी मंगलवार सम्पन्न भएको छ ।

बिर्तामोड ६ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई त्यसबारे सचेत गराइएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल झापाका सल्लाहकार अर्जुनकुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सरस्वती माविका प्रधानाध्यापक दीपककुमार लुइटेल प्रमुख अतिथि रहेका थिए । त्यस्तै शिक्षक मनकुमार कन्दङवाको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण गर्दै अभियानका तिलक गजमेरले कार्यपत्र प्रस्तुत गरेका थिए । कक्षा ९ , १० , ११ र १२ का ३० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन अभियानका सचिव अनिल गौतमले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्