कुमरखोद, मंसीर २३ । झापा गाउँपालिकामा संचालित अन्तरपालिकास्तरीय अध्यक्ष कप क्रिकेटको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ ।

फाइनल खेलमा झापा गाउँपालिकाको टीमलाई ९२ रनले हराउँदै मेचीनगर विजेता बन्न सफल भएको हो । टस जितेर पहिला व्याटिङ थालेको मेचीनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । जसमा क्षितिज पोर्तेलले ६५ वलमा शतक पुरा गर्दै १०२ , सुरज केसीले २७ वलमा ४० र राजु विश्वकर्माले ४ वलमा ११ रन जोडेका थिए । वलिङतर्फ झापाका सज्जाद आलमले २ , प्रदिप कुमारले ३ र अंकित दासले २ विकेट लिएका थिए ।
त्यसैगरी २०१ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको झापाले १७.१ ओभरमा अलआउट हुँदै मात्र १०८ रन बनाउन सक्यो ।
झापाका दुखिया राजवंशीले २८ , सज्जाद आलमले १५ रन बनाए भने अरु व्याट्समेनहरुले दोहोरो अंकको रन जोड्न सकेनन् । वलिङतर्पm मेचीका प्रेम सिंहले ३, राज थापाले १ , राजु विश्वकर्माले २ र संदिप ढुंगानाले १ विकेट लिएका थिए । मेचीका खेलाडी क्षितिज पोर्तेल म्यान अफ द म्याच घोषित भए ।
प्रमुख अतिथि वडाध्यक्ष नेत्रबहादुर उप्रेतीले विजेता टिमलाई ४० हजार नगद , ट्रफी , मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई २५ हजार नगद साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।झापा गाउँपालिका वडा ७ मा रहेको सगरमाथा युवा क्लव मदरगाछीका अध्यक्ष रोहित कर्णको अध्यक्षतामा भएको प्रतियोगितामा विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीय सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा जिल्लाका १२ वटा स्थानीय तहले भाग लिएका थिए ।