झापा , मंसीर २४ । मोरङको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट दुईजनाको मृत्यु भएको छ ।

हिजो राति ७ बजे विराटनगर महानगरपालिका ११ रामपुर चौकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२त ७१३९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार सोही स्थानका ३४ बर्षीय मुन्नाकुमार सहनी घाईते भएका थिए । सहनीको कोशी अस्पताल विराटनगरमा पु¥याउन साथ मृत्यु भएको हो । ट्याक्टर र चालक सोही स्थानका १९ बर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका छन् ।

यसैगरी मोरङकै बुढीगंगा गाउँपालिका २ टंकीमा हिजो राति ८ बजे दक्षिणतर्फ जाँदै गरेको प्र.१–०४००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिबाईडरमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका ४ आईतबारेका २६ बर्षीय सुरज खनाल घाईते भएका थिए । उनको बिराट मेडिकल कलेज टंकीमा उपचारको क्रममा राति साढे ८ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्