झापा , मंसीर २४ । धरान उपमहानगरपालिका–८ स्थित बरगाछीमा सडक दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी २० की २३ बर्षीया अनिता राई रहेको प्रहरीले जनाएको छ । आज बिहान करिब ६ बजे इटहरी तर्फबाट आउँदै गरेको को ३७ प ११३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाटै आउँदै गरेको को १ ख ३८५५ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार राईको मृत्यु भएको हो । मोटरसाइकल चालक २६ बर्षीय मिलन राईलाई भने सामान्य चोट लागेको बताइएको छ । बस चालक इटहरी २० का ५४ वर्षीय राजु थापा र बसलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्