सपना आचार्य,

माई । ३० औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एकदिने अन्तरक्रियात्मक कार्यक्रम शुक्रबार माई नगरपालिकामा सम्पन्न भएको छ ।

‘घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ सम्पन्न अन्तरक्रिया कार्यक्रममा समाजमा महिलामाथि हुने हिंसा र न्यूनीकरण गर्नुपर्ने कार्यका बिषयमा सरोकारवालाहरु बीच छलफल भएको थियो। कार्यक्रममा प्रमुख अतिथि माईका मेयर दिपककुमार थेवेले महिलामाथि हुने हिंसाका अनेक प्रकार रहने भन्दै हिंसा अन्त्यका लागि महिलाहरुमा आधारभूत कानुनी सचेतना आबश्यक रहेको बताए । बिशेष अतिथि लोदिया प्रहरी चौकीका प्रमुख पदमसुन्दर लिम्बुले महिलामाथि हुने हिंसा घरपरिवार र महिलाबाटै बढी हुने गरेको भन्दै महिला हिंसाको अन्त्यका लागि घरबाटै पहल शुरु हुनु पर्ने बताए ।

उपमेयर बिष्णुमाया आचार्यले घरेलु हिंसा र महिला हिंसाका घटना न्यायिक समितिमा बढी आउने गरेको भन्दै महिलालाई कानुनी सचेतना नहुँदा धेरै हिंसा घरपरिवारबाट बाहिर आउन नसकेको बताइन् । कार्यक्रममा महिला संजालकी नरमाया धमला, कार्यपालिका सदस्य कुमारी रैका, माईकी सूचना तथा प्रबिधि अधिकृत दिपिका घिमिरेलगायतले आ–आफ्नो बिचार राखेका थिए । उपमेयर आचार्यको अध्यक्षता र महिला बालबालिका शाखा प्रमुख बन्दना लुईटेलको संचालनमा सम्पन्न कार्यक्रममा नगरभित्रका २५ जनाको सहभागिता रहेको जनाईएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्