झापा , मंसीर २४ । सवारी ज्यान मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक दमक ३, हाल मोरङ पथरी शनिश्चरे १ बस्ने २८ वर्षिय दोर्णे भन्ने दिपक पोखरेल रहेका छन् । झापा जिल्ला अदालतको २०७१ असोज ३० गतेको फैसला बमोजिम सवारी ज्यान मुद्धा शिर्षकमा दुई वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना
ठहरिएर हालसम्म फरार रहेका पोखरेललाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी शुक्रवार फैसला कार्यान्वयनको लागि अदालतमा उपस्थित गराएको छ । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्