झापा , मंसीर २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिमा आफू हारेको सभापति नजित्नेले के देश चलाउँछ भन्दै होहल्ला हुन सक्ने बताएका छन् ।

उनले १४ औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने पनि बताए ।
आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताए । उनले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकाले पनि जित्नै पर्ने दवाव रहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्