बिर्तामोड, पुष १ । झापाको दमकमा हिजो बुधबार भएको हत्याको घटनाको विरोधमा व्यवसायीहरुले आज सांकेतिक विरोध जनाएका छन् ।

दमक ६ स्थित घिमिरे मार्केटमा एक कपडा पसलमा कार्यरत दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको बुधबार साँझ करिब ७ बजे अपरिचित समुहले धारिलो हतियार प्रहार गरेर हत्या गरेको थियो । सो को विरोधमा आज स्थानीय व्यवसायीहरुले स्वतस्फूर्त रुपमा सांकेतिक विरोध स्वरुप बजार बन्द गराएका दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए । गुरागाइँले भने– व्यवसायीक सुरक्षाको माग गर्दै हत्याराको पहिचान गरेर कारवाही गर्नुपर्छ भन्ने हाम्रो माग हो । संघका अध्यक्ष गोकुल श्रेष्ठले सुरक्षाको प्रत्याभुती दिलाउन, घटनाको सुक्ष्म अनुसन्धान गरी अपराधी पत्ता लगाउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराइने बताए । इलाका प्रहरी कार्यालय दमकमा ज्ञापन पत्र बुझाउने र व्यवसायिक एकता र सुरक्षाका लागि व्यवसायीहरुले स्वतस्पूर्त रुपमा आव्हान गरेको सांकेतिक विरोधका कार्यक्रममा संघको तर्फबाट ऐक्यबद्धता जनाइएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्